कर्णालीको विकासको लागि युवाहरू जुट्नुपर्छ– महासचिव शाही

682
views

काठमाडौ, १९ फागुन । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजङ्ग शाहीले कर्णाली प्रदेशको विकासका लागि युवाहरूलाई एकजुट हुन आग्रह गरेका छ्न । राजधानीको अनामनगरस्थित आयोजित चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै महासचिव शाहीले यस्तो आग्रह गरेका हुन ।

उनले भने, कर्णाली प्रदेशको विकासमा युवाहरूको मुख्य भुमिका रहने छ, कर्णाली प्रदेशको गरिबी हटाउने र समुन्नत प्रदेशको रुपामा विकास गर्नुपर्छ, त्यसको लागि यूवाहरुको खाँचो हुन्छ, हामीले प्रदेश सरकारका राम्रा कामहरुलाई धन्यवाद दिनुपर्छ, गलत कामहरुको खुलेर बिरोध गर्नुपर्छ ।’

उनले अघि थपे,‘सुन्दर कर्णाली प्रदेश–समृद्ध कर्णाली प्रदेश’ बनाउने हाम्रो जिम्मेवारी हो, हाम्रो काँधमा आएको जिम्मेवारी पूरा गर्न पछि हड्नु हुँदैन, मैले चुनावमा पाएको जनमतलाई कदर गर्नको लागि पनि जिल्ला र प्रदेशको विकासमा मेरो भूमिका रहनेछ, कालिकोट जस्तो कम्यूनिष्टको गढमा मैले पाएको भोट अत्याधिक थियो, त्यहि भोटको उचित कदर म बाट हुन्छ, पहिलेको जस्तो जिल्लामा बसेर काम गर्न नसकिने स्थिति छ, म तरुण दललाई देशको उर्जाशिल शक्तिको रुपमा विकास गर्नतर्फ लाग्ने छु साथीहरुले प्रदेश र जिल्लाको विकासमा एक भएर लाग्नुपर्छ ।’

महासचिव शाहीले भने,‘निर्वाचनमा मलाई मतदान गर्नुहुने र सहानुभूति प्रकट गर्ने सबैलाई हार्दिक धन्यवाद दिन्छु,आजको जमघट मसिर १० गते सम्पन्न भएको चुनावको सम्झनामा गरिएको हो, कालिकोटमा काङ्ग्रेसको जनमत भन्दा धेरै मत मैले पाएको थिए उक्त कार्यमा साथदिने र सहानुभूति राख्ने जम्मैलाई धन्यवाद छ।’ कालिकोटबाट राजधानीमा बस्दै आएका एक सय बढीको उपस्थिति रहेको थियो ।