सरकारी कार्यालयमा अनियमितता बढ्यो

एकबर्षको पेश्की एकै पटक लिन्छन् सरकारी कर्मचारी

749
views

महेन्द्र जिसी
पर्वत, १२, वैशाख  । सरकारले आगामी आर्थिक वर्ष देखी स्थानीय निकायबाटै सरकारी बजेट खर्च गर्ने निर्णय गरेसँगै सरकारी निकायमा आर्थिक अनियमितता बढन थालेको छ । आगामी दिनमा कर्मचारी कहां पुग्ने र कस्तो जिम्मेवारी लिने भन्ने अन्याौलता भएका कारण सरकारी निकायमा आर्थिक अनियमितता बढेको पाइएको हो ।
सामान्यतया ३५ दिनभित्र कर्मचारीले गर्ने कामको पेश्की फस्र्यौट भइसक्नुपर्ने भएपनि पर्वतका सरकारी निकायमा असार मसान्त अगावै पुरै बजेट पेश्की लिने प्रचलन बढेको छ ।
कर्मचारीहरुले अनावश्यक काज लेखाएर कर्मचारी वेजिल्ला घुम्न जाने गरेको समेत भेटिएको हो । पछिल्लो वर्ष महिला तथा वालवालिका कार्यालयको बजेटमा अनियमीता बढेको गुनासा महिला अधिकारकर्मीहरुले गर्न थालेका छन । उनिहरुले १६ दिने महिला हिंसा विरुद्धको कार्यक्रमको बजेटमा समेत अनियमिता भएको बताएका छन ।
कर्मचारीहरुले कार्यालय प्रमुखबाटै अनियमिताका दवाब आउने गरेका कारण पनि अर्थिक अनियमिता बढेको बताएका हुन । यता महिला तथा बालबालिका प्रमुख सीता थापाले केही कर्मचारीहरु काम सकाएर काजमा घर गएको हुनसक्ने बताउंदै बेजिल्ला घुम्न जाने अनुमती भने नदिइएको बताउनु भयो ।
थापालले भन्नु भयो हामीले पछि लाग्न सक्दैनौ मान्छे हो गल्ती गरेको हुन सक्छ । कर्मचारीहरुले कार्यालयका कार्यक्रमको बजेट मार्फत घरयासी समान खरीद गर्ने गरेको समेत कार्यालय स्रोतले जनाएको छ । ६५ लाख कुल बजेट कार्यक्रमको रहेको कार्यालयमा पछिल्लो वर्ष गाउँका महिलाहरुमा जानुपर्ने बजेट फर्जी विल बनाएर खर्च गर्ने क्रम बेढेको हो ।
एउटै कर्मचारीले १३ लाखसम्म पेश्की लिएर बसेको समेत कार्यालय स्रोतले जनाएको छ । कर्मचारीहरुले कार्यालय प्रमुखबाटै अनियमिताका दवाब आउने गरेका कारण पनि अर्थिक अनियमिता बढेको स्वीकारेका हुन । कर्मचारीका अनुसार कार्यालय प्रमुख नै जिल्लाभित्रको काज देखाएर वेजिल्ला घुम्न जाने गरेका कारण अन्य कर्मचारीमा काजको दुरुपयोग बढेको भेटीएको हो ।