९ बुँदे सहमतिको पालना हुन्छ–डा. केसी

722
views

काठमाडौ, २२, साउन । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै अनशनमा बसेका डाक्टर गोविन्द केसी आज अस्पतालबाट डिस्चार्ज भएका छन् ।

१५ औँ पटक २७ दिनसम्म अनशनमा बसेका कारण केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको थियो । अहिले केसीको स्वास्थ्य अवस्था समान्य हुन थालेपछि डिस्चार्ज गर्न लागिएको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

केसी र सरकारबीच चिकित्सा शिक्षा विधेयक संशोधनलगायत ९ बुँदामा सम्झौता भएको थियो । डिस्चार्ज भए लगत्तै पत्रकार सम्मेलन पनि गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै डा. केसीले चिकित्सा शिक्षा विधेयकमा छलछाम भए कडा विरोधका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन् । सरकारसँग भएको ९ बुँदे सहमति पालना हुनेमा पनि उनी विश्वस्त देखिएका छन् ।