सुरक्षा कारबाहीमा १८ तालिवानी लडाकुको मृत्यु

1098
views

अफगानिस्तानको कन्दाहारमा अफगान सेनाले गरेको तालिवान आतंककारीलक्षित हवाई कारबाहीमा परी कम्तीमा १८ जना लडाकु मारिएका र अन्य ११ जना घाइते भएका एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।

तालिवान आतंककारी लुकेर बसेको आशंकामा कन्दाहारको मेवान्द जिल्लाको शाल्घामी र काला–ए–शमिर क्षेत्रमा अफगान सेनाले हवाई कारबाही गरेको थियो । सेनाका प्रवक्ता मोहमद सदेकले सैनिक कारबाहीमा १८ जना तालिबान लडाकु मारिएको पुष्टि गरे ।

सरकारको विरोधमा वर्षौंदेखि युद्धरत तालिवान समूहले भने यस विषयमा केही टिप्पणी गरेको छैन ।