जोशीविरुद्ध महाअभियोग लगाउने तयारी

658
views

काठमाडौँ, ४ असोज । प्रधानन्यायाधीशका लागि अस्वीकृत दीपकराज जोशी विरुद्ध नेकपाले महाअभियोग ल्याउने तयारी गरेको छ । न्यायाधीशको रुपमा सर्वोच्च अदालतमा काम सुरु गरेपछि नेकपाले उनी विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने भएको हो । उनलाई संसदीय सुनुवाई समितिले प्रधानान्यायाधीशका लागि अस्विकृत गरेको थियो ।

त्यसका लागि बिहीबार दिउँसो संसद भवनमा नेकपाले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेको छ । सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराइएको छ ।

उनीविरुद्ध बिहीबारकै संसद सचिवालयमा दर्ता गर्ने तयारी भइरहेको एक सांसदले जानकारी दिए । संविधान अनुसार एक तिहाई सांसदले महाअभियोगका लागि हस्ताक्षर गरी प्रस्ताव दर्ता गर्न सक्छन्। प्रस्ताव दर्ता भए लगत्तै सम्बन्धित व्यक्ति निलम्बित हुन्छन् ।

यसअघि पनि नेकपा सांसदहरुले तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध यस्तै खाली कागजमा हस्ताक्षर गरेका थिए । पछि त्यो हस्ताक्षर महाअभियोग दर्ता गर्नका लागि प्रयोग भएको थियो ।