नेपाली सेनाका पहिलो अन्तर्राष्ट्रिय तेक्वोन्दो निर्णायक–ढकाल

1412
views

काठमाडौं, ६ असोज । दिपेन्द्र ढकाल नेपाली सेनाका तेक्वान्दो खेलाडी हुन् । बुबा पुष्कर ढकाल र आमा सीता ढकालको कोखबाट २०४५ सालमा काभ्रेको कुसादेबी भन्ने ठाउँमा जन्मिएका उनले २०५७ सालमा लालीगुँरास तेकवान्दो डोजाङबाट खेल जीवनको सुरुवात गरेका थिए । ढकालले २०६७ देखि आर्मी क्लबमा प्रबेश गरि तेक्वान्दो खेल खेलेका थिए ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागीता जनाएर सफलता हासिल गर्दै आएका उनले २०७१ सालदेखि विभिन्न प्रतियोगिताहरुमा निर्णायकको भुमिका निर्वाह गरी हालसम्म दर्जनौं भन्दा बढी राष्ट्रिय खेलहरु सञ्चालन गर्न सफल भएका छन् ।

सरकारी स्कुल बिहाबर निमाविबाट शिक्षा लिंदै कुसादेबी उच्च माविबाट उच्च शिक्षा हासिल गरेका थिए । उनले त्रिभुवन विश्व बिद्यालयबाट राजनीतिक शास्त्रमा मास्टर डिग्री सम्म गरेका छन् ।

ढकाल २०१८ जुलाई २० देखि जुलाई २३ सम्म चिनको उक्सी जेड एक्स डिएफमा भएको तेक्वान्दो खेलको अन्र्तराष्ट्रिय निर्णायक सेमिनारमा सहभागी भई उत्तिर्ण हुन सफल भएका छन् ।

ढकाल नेपाली सेनाबाट तेक्वान्दो खेलको अन्र्तराष्ट्रिय निर्णायक बन्ने पहिलो व्यक्ति भएका छन् । उक्त सेमीनार मा नेपालबाट ६ जना सहभागी थिए । तेक्वान्दोको ४ डन समेत रहेका दिपेन्द्र हाल सैनिक स्कुल भक्तपुरमा तेक्वान्दो प्रशिक्षण गराउँदै छन् ।