प्रदेश राजधानी हेटौँडामै उपयुक्त- मुख्यमन्त्री

551
views

हेटौँडा, ९ असोज । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडाबाट प्रदेशको राजधानी मकवानपुरको हेटौँडामै उपयुक्त भएपनि राजधानी सार्न चलखेल र षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

न्यू क्लब हेटौँडाको उद्घाटन गर्दै उहाँले आर्थिक, प्रशासनिक, औधोगिक रुपमा विकासको वातावरण भएको हेटाँैडामा राजधानी अत्यन्त उपयुक्त रहेको बताउँदै अब राजधानी सार्नु उपयुक्त नभएको जिकिर गर्नुभयो ।
हेटौँडाबाट राजधानी सार्दा यहाँ विस्तार भइसकेका पूर्वाधार नरहने भएकाले ठूलो रकम खर्च हुने पनि उहाँको तर्क थियो ।