जेसिस सप्ताह मौलाकालिका मन्दिर सरसफाइ गरि सुरुवात

1133
views

अजय पौडेल, नवलपुर,असोज–१३  नवलपुर गैंडाकोट जेसिसले जेसिस सप्ताहको समुउद्घाटन गरेको छ । आज मौलाकालिका मन्दिर परिसर सरसफाइ गरि सप्ताह सुरु गरिएको हो ।

जेसिस सप्ताह अन्तरगत आज १३ गतेदेखी १९ गतेसम्म विभिन्न कार्यक्रम गरिने भएको छ । जसअन्तरगत भोलि ट्राफिक सचेतना कार्यक्रम , अन्तर बिधालय बक्तृत्वकला प्रतियोगिता ,जनप्रतिनिधिहरुसंग अन्तरक्रिया कार्यक्रम लगायतका कार्यक्रम गरिने गैंडाकोट जेसिसका अध्यक्ष जेसि गोकुल सापकोटाले जानकारी दिनुभयो । सन २००७ मा स्थापना भएको जेसिसले यसअघि पनि विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ । गैंडाकोट जेसिसका अध्यक्ष गोकुल सापकोटाको अध्यक्षतामा सप्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल रहनुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य जेसि सुरज पौडेलले राख्नुभएको थियो भने शुभकामना मन्तव्य विशिष्ट अतिथि धार्मिक सेवा समिती मौलाकालिका मन्दीर ब्यबस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटा,जेसिसका पुर्ब अध्यक्ष जेसि कृष्णहरि सापकोटा लगायतले राख्नुभएको थियो । जेसि भानु रिमालले सहजीकरण गर्नुभएको कार्यक्रमको कार्यक्रम संयोजक जेसि इस्वर पौडेल रहनुभएको थियो । कार्यक्रममा जेसिसका सदस्यहरु तथा शुभचिन्तककको उपस्थिति रहेको थियो ।