ज्ञवालीको निधनमा प्रधानमन्त्री लगाएत शीर्षस्थ नेताको समवेदना

900
views

काठमाडौं, २८ असोज । नेपालका व्यावसायिक पत्रकारिताका धरोहर हेमराज ज्ञवालीको निधनमा प्रधानमन्त्री केपीशर्मा ओली लगाएतका राजनीतिक क्षेत्रका उच्च पदस्थ व्यक्तित्वहरुले समवेदना प्रकट गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले आइतवार ट्विट गर्दै ज्ञवालीको निधनमा दुःख व्यक्त गरेका हुन् । यस्तै नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि ज्ञवालीको निधनमा समवेदना प्रकट गरेका छन् ।

यस्तै नयाँ शक्तिपार्टी नेपालका संयोजक बाबुराम भट्टराइले पनि ट्वीट गर्दै दुःख व्यक्त गरेका छन् ।

ज्ञावलीको ७९ वर्षको उमेरमा शनिबार साँझ निधन भएको थियो । छातीमा असजिलो भएपछि बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा लगिएका ज्ञवालीको उपचारका क्रममा निधन भएको हो । चिकित्सकहरूले ज्ञवालीको माइल्ड अट्याकबाट निधन भएको जनाएका छन् ।