शुभकामना आदान प्रदान

763
views

पर्वत । कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नगर समिति कुश्मा पर्वतले विजयादशमी तथा शुभ दिपावलीको पावन अवसरमा शुभकामना एवं चियापान कार्यक्रम गरेको छ ।

कार्यक्रममा केन्द्रिय सदस्य गोविन्द अधिकारीले देशभर छरिएर रहेका गोत्रीयहरुको वंशावली संशोधन गरिने र छुटफुटलाई समावेश गर्ने बताए ।

कार्यक्रममा नगर समितिका अध्यक्ष लोक प्रसाद अधिकारी, नगर समितिका सह–सचिव आनन्द अधिकारी, कोषाध्यक्ष थुमाकुमारी पौडेल, जिल्ला कार्य समितिका वरिठ उपाध्यक्ष चिरञ्जिवी अधिकारी, कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान पर्वतका अध्यक्ष हेम शर्मा अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

सो कार्यक्रममा दुइजनालाई सम्मान गरिएको छ । त्रिभुवन विश्व विद्यालयका उपप्रध्यापक वालाकृष्ण अधिकारी र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शाखा अधिकृत मोहदत्त अधिकारीलाई सम्मान गरिएको थियो ।

नगर समितिका अध्यक्ष लोकप्रसाद अधिकारी अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत थुमाकुमारी पौडेल र स चालन रुद्र प्राद अधिकारीले गरेका थिए ।