इजीलिंकको ब्राण्ड एम्बास्डरमा चर्चित पत्रकार रवि लामिछाने

1229
views

काठमाडौं, ३१ असोज । कालिकोट स्थित निर्माणाधिन राजकोट अस्पतालाई आर्थिक सहयोग गर्ने अभियान सुरु गरेको छ ।यसका लागि न्यूज २४ टेलिभिजनको लोकप्रिय कार्यक्रम सिधाकुरा जनतासंगका प्रस्तोता रवि लामिछानेलाई इजीलिंक रेमिट्यान्सले ब्राण्ड एम्बास्डरका रुपमा घोषणा गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट सबैभन्दा पहिला इजाजत पाएको रेमिट्यान्स कम्पनी इजीलिंकले सामाजिक उत्तरदायित्व कायम गर्न अस्पताललाई सहयोग रकम जुटाउन अभियान थालेको रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डिपि अर्यालले बताउनुभयो ।

इजीलिंकले सिधाकुरा जनतासंगको कार्यक्रमले राजनीतिक सामाजिक र आर्थिक क्षेत्रमा व्याप्त विकृति, विसंगतिविरुद्ध पत्रकारीता मार्फत आवाज उठाएका कारण लामिछानेलाई ब्राण्ड एम्बास्डरमा छनोट गरेको जनाएको छ ।

कार्यक्रममा सिधाकुरा जनतासंगका प्रस्तोता लामिछानेले अस्पताल निर्माण गर्ने काममा संचारकर्मीको सामाजिक उत्तरदायित्वको भावनाले ब्राण्ड एम्बास्डरको भुमिका निर्वाह गर्न आफु तयार भएको बताउनुभयो ।