नेकपा सचिवालयको बैठक आजः पार्टी विवाद र मन्त्री फर्नेसम्मको एजेण्डा

797
views

काठमाडौं ४ कार्तिक । पार्टीभित्रको आन्तरीक विवादका विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज छलफल गर्दैछ ।

दुई पटकसम्म स्थगित भएको सचिवालयको बैठक आज बोलाइएको हो । सचिवालय बैठकमा तल्लो तहमा पार्टी एकता र समसामयिक विषयवस्तुबारे छलफल गर्ने एजेण्डा अघि सारिएको छ ।

बैठकमा वरिष्ठ नेता माधव नेपालले चर्को असन्तुष्टि, तल्लो तहको एकीकरण, मन्त्री फेरबदलको एजेण्डामा छलफल हुनेछ । अघिल्लो पटक बसेको बैठकमा विदेश भ्रमणको व्रिफिङमै बैठक स्थगित भएको थियो ।