युरोपा लिग फुटबलमा चेल्सी र आर्सनलको जित

909
views

काठमाडौं, कार्तिक ९ । युरोपा लिग फुटबलमा इंग्लिस क्लब चेल्सी र आर्सनलले जित हासिल गरेका छन् । चेलसीले बेलारुसको बाते बोरिसोभलाई ३–१ ले हरायो ।

युरोपा लिगकै अर्को खेलमा आर्सनलले पोर्चुगलको स्पोर्टिङलाई १–० ले हरायो ।

युरोपा लिग फुटबलकै अर्को खेलमा ईटालीको एसी मिलानलाई उसैको मैदानमा स्पेनको रियाल बेटिसले २–१ ले हराउँदा स्विट्जरल्याण्डको एफसी ज्युरिचले जर्मनीको बायर लिभरकुजेनबाट माथि ३–२ को जित निकाल्यो ।

गएरातिका अन्य खेलमा क्रोएसियाको डाईनामो जाग्रेब, रुसको जेनिथ, स्पेनको भियारियाल र सेभिया तथा ईटालीको लाजियो पनि विजयी भएका छन् ।