रेडपाण्डाको छालासहित पक्राउ

552
views

बाँके, ११ कात्तिक । रेडपाण्डाको (हाब्रे) छालासहित प्रहरीले गए राती कोहलपुर नगरपालिका–२ मुगाली बस्तीबाट सोही स्थानका ३१ वर्षीय मानबहादुर शाहीलाई पक्राउ गरेको छ ।

फाईल तस्विर


प्रदेश नं ५ प्रहरी अनुसन्धान व्यूरोको टोलीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलका अनुसार दुई थान रेडपाण्डाको छालासहित शाहीलाई उनकै घरबाट नियन्त्रणमा लिइएको हो । बरामद छाला र शाहीलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय बाँकेमा बुझाइएको छ ।