हुम्लामा हिमपात, किसान चिन्तित

704
views

हुम्ला, १८ कात्तिक । हिमाली जिल्ला हुम्लामा हिमपात शुरु भएको छ । पुष महिनाबाट शुरु हुने हिमपात कार्तिकबटै शुरु भएको छ । आइतबार बिहानबाट शुरु भएको हिमपात यो वर्षको पहिलो पटकको हिमपात हो ।

कार्तिकबाट परेको यो हिमपातले हुम्लामा चिसो बढ्दै गएको छ भने तापक्रम माइनसमा झरेको छ । यो वर्ष कात्तिकमा परेको हिमपातले बालीनाली घर नभित्र्याएका कारण किसान चिन्तित बनेका छन् ।

कात्तिकमा परेको हिमपातले फलफूलमा समेत असर पुग्ने भएको सिमकोट निवासी कमल भण्डारीले बताउनुभयो । आइतबार सिमकोटको तापक्रम माइनस ६ डिग्रीमा झरेको छ ।