शान्ति स्थापनार्थ लेवनान जाने सैनिकलाई तालिम

948
views

काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ लेवनान जाने श्री रणशार्दुल गण स्थित शान्ति सेनाको ६० औं डफ्फाको लागि सञ्चालित प्रि–डिप्लोयमेण्ट तालिम तालिम सकिएको छ । सो तालिम पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन गरिएको थियो ।

तालिमको बलाधिकृत रथी हेमन्त राज कुँवरले समापन गरेका हुन् । तालिममा कुँवरले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेको शुभकामना सन्देश सुनाइएको थियो ।

नेपाली सेनाले विगत ६० वर्षदेखि संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागी नेपाल सरकारको विश्व शान्ति प्रयासप्रतिको निष्ठा र प्रतिबद्धता बमोजिम नेपाली सेनाले दिएको योगदान उदाहरणीय रहेको राष्ट्रपतिद्वारा प्रेसित शुभकामना सनदेशमा उल्लेख गरिएको थियो ।

तालिममा सहभागी भई पि–डिप्लोयमेण्ट तालिमको बारेमा जानकारी ज्ञान र सैनिक कौशललाई मिशन इलाकामा आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन रथी कुँवरले निर्देशन दिएका थिए ।