यमपञ्चक सुरु आज काग तिहार

817
views

पर्वत, १९, कात्तिक । कात्तिक कृष्ण त्रयोदशीका दिन सोमवार यमदूत मानिने कागलाई भोजन गराइ कागप्रति श्रद्धा प्रकट गरिन्छ । यमराजले यसै दिनदेखि मत्र्यलोकमा पाँचदिनसम्म विचरण गर्न आएका हुन्छन् भन्ने जनविश्वासमा यो पाँचदिनलाई यमपञ्चक भन्ने गरिन्छ ।

यो दिन कागप्रति श्रद्धा प्रकट गर्दै पूजन गरेमा पितृले सोझै पाउँछन् भनिन्छ । अन्य दिन पनि कागलाई भोजन गराउँदा पितृ खुशी हुन्छन् भन्ने मान्यता छ । कागलाई चतुर पन्छीका रुपमा लिइन्छ । फोहर कसिङ्गर र सिनुसमेत खाने भएकाले वातावरण स्वच्छ राख्न कागले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।