भेरी–बबई सिंचाइ आयोजनामा टनेल बोरिङको प्रयोग

897
views

काठमाडौं । भौगर्भिक सर्भे, माटो तथा चट्टानको अवस्था पत्ता लगाएपछि मात्रै प्रोग गर्न सकिने टनेल बेरिङ मेसिन भेरी–बबई सिञ्चाई आयोजनामा प्रयोग गरिएको छ । पहिलो पटक नेपालमा टनेल बोरिङ मेसिनको प्रयोेग गरिएको हो ।

भेरी नदी बबईमा झार्ने योजना अन्तर्गत उक्त टनेल बोरिङ मसिन प्रयोग भइरहेको छ । यसको प्रयोगले भनेकै समयमा काम सम्पन्न गर्न सकिने पनि बताइएको छ । सिंचाइ आयोजनाका अनुसार जोखिम क्षेत्रमा अहिले काम धमाधम भएरहेको छ । यो जोखिम क्षेत्र कटेपछि निकै छोटो समयमा अन्य काम सम्पन्न हुने छ ।

जोखिम क्षेत्रभित्रको पनि ९ किलोमिटर काम सकिइसकेकाले आशावादी हुने ठाउँ निकै रहेको बताइएको छ । यसै रफ्तारमा काम हुने हो भने अबका ४ देखि ५ महिनामा टनेलको काम सकिने छ । यो काम सम्पन्न भएमा हिमाली तथा पहाडी क्षेत्रमा टनेल बोरिङको सफल प्रयोगका रुपमा लिइने छ ।

यसको हाल लागत २० अर्बको हाराहारीमा अनुमान गरिएको छ । यो टनेलबाट विद्युत उत्पादनका साथै बाँके र बर्दियामा रहेको ठूलो क्षेत्रमा सिंचाइ पुग्ने छ ।