सुदूरपश्चिम प्रदेशः सामाजिक विकासमन्त्री सोडारी पदमुक्त

507
views

धनगढी– सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घराज सोडारीलाई बर्खास्ति गरिएको छ । सोडारी पदमुक्त भएपछि उनको स्थानमा क्षेत्र नम्बर ४ बाट निर्वाचित नेकपाका प्रदेश सांसद कृष्णराज सुवेदीलाई नियुक्त गरिएको छ ।

सोडारीलाई पदीय आचरण पुरा नगरेको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मंगलवार पदमुक्त गरिएको मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिव ओलीले जनाए ।

सोडारी पटक पटक विवादीत बन्दै आएको थिए । सामाजिक विकास मन्त्रालयमा फजुल खर्च भएको जनगुनासो पनि बढ्दै गएको थियो । यसअघि तिहारको समयमा मन्त्री सोडारीको गाडीले स्थानीयलाई ठक्कर दिएपछि विवाद चुलिएको थियो ।