मुसाले धान सखाप पारेपछि प्रशासनमा हारगुहार

1001
views

महेन्द्र जिसी
पर्वत, २७, कार्तिक । कुश्मा नगरपालिका–११ सिल्मीको फाँटमा पाकेको धान मुसालेसखाप पारेपछि कृषकहरुले प्रशासनमा गुहार मागेका छन । धान रोपेको ६० प्रतिशत मुसाले सखाप पारेको भन्दै किसानहरुले मुसा नियन्त्रणको लागि जिल्ला प्रशासन पर्वतमा निवेदन दिएका हुन ।

दुई सय रोपनी क्षेत्रफलमा रोपाई हुने फाँटमा धानका वाला लाग्न थालेसँगै मुसाले काट्ने समस्या बढेपछि कृषकहरुले मुसाको दिर्घकालिन समाधानका लागि कुश्मा नगरपालिका कृषि शाखा, कृषि ज्ञान केन्द्र पर्वत र जिल्ला प्रशासन पर्वतमा मुसा नियन्त्रणको लागि निवेदन दिएका हुन ।

वल्ल तल्ला रोपाई गरेको खेतको धान पराल काटने समयमा मुसाले नष्ट गरेका कारण लगाएको बाली यत्तिकै छाडनु परेको स्थानीय किसानहरुले बताएका छन् । कुश्मा नगरपालिका–१० र ८ का बासिन्दाले खेती गर्दै आएको फाँटमा मुसाको समस्या बढेका कारण नियन्त्रणको लागि पहल गरीदिन र क्षतीपुर्तिको माग गर्न आँफुहरु प्रशासन आएको कृषक कोमल नारायण पैडेलले बताए ।

विभिन्न स्थानीय देखी आयातित धानको खेती गर्दा समस्या भएको कृषकहरुले बताएका हुन । कृषकहरुको निवेदन बुझ्दै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कृषकहरुको समस्यामा सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् ।

किसानहरुको साझा समस्या भएको भन्दै कृषि विभाग प्रदेश कृषि मन्त्रालयसम्म समाधानको बारेमा जानकारी गराउने ढकालको भनाई छ ।

मुसाले काटेर क्षति पु¥याएको खेतमा वैकल्पीक बालीको व्यवस्था गरीदिन किसानहरुले माग गरेका हुन । उनिहरुले क्षती पुगेका किसानहरुलाई हिँउदे खेती गहुँ, जै, मुसुरो लगायतका बाली लगाउन, मल बीउको निशुल्क व्यवस्था गरीदिन सबै निकायसँग माग गरेका छन् । अघिल्लो खेती मकैमा बाँदरले क्षती पु¥याएको र अहीले धानमा मुसाले क्षती पु¥याएपछि किसानहरु निराब बनेका छन् ।