नवलपरासीको मतपत्र भक्तपुरमा भेटिएपछि नेमकिपाले गर्यो छानविनको माग

596
views

भक्तपुर, ३१ बैशाख । भक्तपुरमा नवलपरासीको मतपत्र भेटिएको छ। चाँगुनारायण नगरपालिका वडा नम्बर ६ स्थित नगरकोट गाविसको पुरानो भवनमा रहेको मतदान केन्द्रमा नवलपरासीको मतपत्र भेटिएको हो ।
नेमकिपाका वडा नम्बर ६ का उम्मेदवार कुमार थिङले २० मत खसिसकेपछि नेमकिपाको चुनाव चिन्ह मादल नभेटिएपछि नवलपरासीको मतपत्र भक्तपुर आएको भेटिएको बताउनुभयो ।
नेमकिपाका सचिव प्रेम सुवालले नवलपरासीको मतपत्र कसरी भक्तपुर आयो भन्नेबारे छानविन गर्नु पर्ने माग गर्नु भएको छ । सुवालले भक्तपुरमा नवलपरासीको मतपत्र आउनुमा निर्वाचन आयोगको गम्भीर त्रुटी भएको बताउनु भयो।
नवलपरासीको मतपत्र भेटिएपछि उक्त मतपत्र भने निर्वाचन अधिकृतहरुले त्यसलाई छुट्याएर राखेका छन् ।