इण्डोनेसियामा आएको सुनामीका २० को ज्यान गयो

514
views

काठमाडौं । इण्डोनेसियामा शनिवार आएको सुनामीका कारण २० जनाले ज्यान गुमाउन पुगेका छन् भने अरु १५० जना जति घाइते भएका छन् । बारम्बार सुनामीको मारमा परिरहेको इण्डोनेसिया यस पालाको सुनामीको निकै चपेटामा परेको छ ।

जाभा र सुमात्रा टापूहरुको बीचमा रहेको सुन्दास ट्रेडमा आएको सुनामीले सुन्दाटेड पूरै जलमग्न भएको छ भने त्यहाँका घरका छानाहरु र गाडीहरु पानीमाथि तैरिरहेका छन् । टापूहरुको देश इण्डोनेशिया ज्वालामुखी र सुनामीको प्रकोपबाट निकै प्रताडित रहँदै आएको छ ।

पहिले पहिले वर्षमा कहिलेकाहीं आउने ज्वालामुखी र सुनामी अब नियमित जसो हुन थालेपछि इण्डोनेशियामा टापूको बसाइ निकै असहज र असुरक्षित रुपमा लिन थालिएको छ । भूकम्प र सुनामीको निरन्तर आगमनलाई विश्वमा भइरहेको जलवायु परिवर्तनले गर्दा तापक्रममा हुन गएको वृद्धि तथा त्यसबाट महासागरीय जलाशयमा हुन जाने पानीको थपघटको प्रक्रियालाई लिन थालिएको छ ।

यस पालाको सुनामी के कति कारणले आएको हो त्यसको तथ्य खोज्न त बाँकी नै छ । तर वारम्बार जाने ज्वालामुखीले यस्ता विपत्तिहरु निम्त्याउने भएकाले यसपालाको सुनामीको कारण पनि ज्वालामुखी नै हुन सक्ने अनुमान गरिएको छ ।

गत वर्षमात्र सुलावेसी टापुमा भूकम्प गएपछि इण्डोनेशियामा ठूलो सुनामी आएर जनधनमा गम्भीर खालका क्षतिहरु पुर्याएको थियो ।