शान्ति कोषलाई ३ लाख सहयोग

656
views

बेनी । प्रवासी म्याग्देलीहरुको संस्था मोना नेदरल्याण्डले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई तीन लाख रुपियाँ सहयोग गरेको छ ।

मोना नेदरल्याण्डका अध्यक्ष जंगबहादुर पुनले शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । शान्ति कोषले स्थापना गर्न लागेको अक्षयकोषको वृद्धि गर्न सहयोग प्राप्त भएको हो ।

कार्यक्रममा मोना नेदरल्याण्डका अध्यक्ष पुनले शान्ति कोषसंग सहकार्य गरि जन्मभुमीको सामाजिक क्षेत्रमा काम गर्न पाउँदा नेडरल्याण्डमा कार्यरत म्याग्दीवासीहरु खुसी रहेको बताए ।