आईजीपी खनालसहितको विज्ञ टोली कञ्चनपुरतर्फ

654
views

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सहित अपराधअनुसन्धानको टोली कञ्चनपुर लागेको छ । र्निमला हत्या प्रकरणको अनुसन्धानलाई नयाँ सिराबाट सुरु गर्न भन्दै विज्ञ टोली कञ्चनपुरतर्फ लागेको छ ।

काठमाडौंबाट मंगलबार हिँडेको टोली चितवन हुँदै कञ्चनपुतर्फ लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उक्त टोलीमा केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी निरजबहादुर शाही, इन्टरपोलका उमेशराज जोशी, एसपी गणेश रेग्मी, एसपी रामदत्त जोशी, अपराध महाशाखाका डिएसपी, अपराध महाशाखाका सई गजेन्द्र रावलल छन् ।

प्रहरीका अनुसार अनुसन्धान टोलीले नजिकै रहेको आर्मी ब्यारेकबाट घटना भएको दिन निस्किएका सैनिक जवानहरुमाथि अनुसन्धानबारे पनि टुंगो लगाउने छ ।