पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना सुरु

625
views

कास्की, १, जेठ । कास्कीको पोखरा लेखनाथ महानगरापलिकाको मतगणना सुरु भएको छ । सर्वदलिय बैठकपछि मतगणना गर्न लागिएको प्रमुख निर्वाचन अधिकृत गंगाप्रसाद सुवेदीले जानकारी दिए ।
लेखनाथ महानगरपालिकाको प्रमुख तथा उपप्रमुखमा ५–५ जनाको उम्मेदवारी परेको छ । जसमा कांग्रेस माओवादीका तर्फबाट मेयरमा रामजी कुवँर र सरस्वती गुरुङ तथा एमाले राप्रपाबाट मान बहादुर जिसी र मन्जु गुरुङको प्रतिष्पर्धा रहेको छ ।