दुई करोडको नीति तथा कार्यक्रम सार्वजनिक

1110
views

महेन्द्र जिसी
पर्वत, ९, माघ । उत्पादित बीऊ नगरपालिकाले बजारीकरण गर्ने मकै जोन पर्वत मुडिकुवाले अर्थिक वर्ष ०७५÷०७६ को कार्यक्रम सार्वजनिक गरेको छ । जोन कार्यालले सञ्चालनम अएको तेस्रो वर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

कर्यालयले विभिन्न स्वीकृत कार्यक्रम सहीत दुई करोड बराबरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । जोन सञ्चालक समिति र जन प्रतिनिधि सहीतको सहभागितामा भएको कार्यक्रममा कर्यालय प्रमुख महेन्द्र कौडालले आर्थिक वर्ष ०७५/०७६ स्विकृत कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

कार्यलयले कृषकहरुलाई स्थल लगत तालिम, सार्बजनिक सुनुवाई, मकै बजार प्रबद्र्धन गोष्ठी, सिजनल योजना तर्जुमा गोष्ठी, पुस्तिका प्रोफाईल अपडेट, स्थलगत प्रयोगशाला सेवा, सहभागितात्मक व्यवसयीक तालिम, विज वृद्धि, नगदे बालि बजारीकरण, दुईसय रोपनी क्षेत्रफलम एकिकृत मकै खेती सहजीकरण लगायतका २४ कार्यक्रम सहीतको कर्यपत्र पत्र प्रस्तुत गरीएको हो ।

प्रति फलम अधारीत अनुदान, पोष्ट हार्भेष्ट सेन्टर स्थपना, मेशिनरी औजार उपकरण ५० प्रतिसत अनुदान लगायत गरी एक करोड ९९ सय लख ५१ हजार बराबरकोृ कार्यक्रम रहेको प्रमुख महेन्द्र कौडालले बताए ।

चालु वर्षम सा सिचाईका १५ आयोजना, १५ थान मेशिनरी उपकरण हस्तान्त्रण, दुई स्थानमा कसटम हायरिङ सेन्टर, स्थलगत तालिम नगरपालिकका कार्यक्षेत्र पर्ने सबै वडामा सञ्चालन गरीने कार्यालले जनाएको छ । फलेवास नगरपालिका कार्कीनेटा, थापाथाना, शंकरपोखरी, खनीगाउँ मुडीकुवा, लिमिठना, गरी सात वडामा सञ्चलित परियोजनाले यस वर्षमा नगरपालिका क्षेत्रका मकै कृषकलाई पुग्ने मकैको बीऊ उत्पादन गरेको जनाएको हो ।

कार्यक्रममा फलेवास नगरपालिका मेयर पदमपाणि शर्माले बीऊ अनुदान कार्यक्रम अन्तरगत नगरपालिका ११ वटै वडाका कृषहरुलाई जोन क्षेत्रका कृषकहरुले उत्पादन गरेको मकैको बीऊ वितरण गरेर उत्पादन बढाउने बताए ।