भैरहवा बाल सुधारगृहबाट ६ कैदी फरार

875
views

भैरहवा, २९, माघ । भैरहवास्थित बाल सुधारगृहबाट गएराती ६ जना कैदी बन्दी भागेका छन् ।  राति करिब १२ बजेको समयमा आँगनमा रहेको गेट र भित्तामा लगाइएको काँडेतारको प्वालबाट भागेर उनीहरु फरार भएका हुन् ।

फरार हुनेमा चारजना चोरी मुद्दाका र दुई जबरजस्ती करणीका कैदी बन्दी फरार रहेको बालसुधार गृह रुपन्देहीले जनाएको छ ।

गृहकी प्रमुख सुभद्रा गौतमका अनुसार चोरी मुद्धा र जर्वजस्ती करणी मुद्धाका ६ जना अभियुक्तहरु भागेका हुन् । गौतमका अनुसार १८ वर्ष मुनिका पुरुष कैदी र थुनुवालाई भैरहवामा बालसुधार गृहमा राख्ने गरिएको छ। यस गृहमा बिभिन्न मुद्धाका ७२ जना कैदी बन्दी छन् ।

गृहका अनुसार फरार हुनेमा जबरजस्ती करणी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका देवदह नगरपालिका ७ रुपन्देहीका १६ वर्षीय जीवन खत्री, जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद सजाय भुक्तान गरिरहेका नौबाहिनी गाउँपालिका–४ प्युठानका १६ वर्षीय सुरेश घर्ती रहेका छन् ।

भाग्नेमा चोरी मुद्दामा एक महिना १५ दिन सजाय र ८८ हजार एक सय रुपैयाँ जरिवाना तोकिएर सजाय भुक्तान गरिरहेका तानसेन नपा ३ पाल्पाका १७ वर्षीय सन्दीप रणपाल छन् । त्यस्तै चोरी मुद्दामा एक महिना कैद र २ लाख ५२ हजार जरिवाना तोकिएर सजाय भुक्तान गरिरहेका विरुवा गापा ४ स्याङ्जाका १७ वर्षीय अनिश थापा, नकवजनी चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका गाईघाट नेपालटार ३ उदयपुरका १७ वर्षीय सिद्धार्थजंग लामा (सविन पौडेल) र चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बुटवल उपमनपा ८ का १५ वर्षीय राजेश सुनार रहेको बाल सुधार गृह रुपन्देहीले जनाएको छ ।

फरार अभियुक्त र कैदीहरुको रातिदेखि नै खोजी कार्य तीव्र पारिएको छ ।