सातैजनाको शव शिक्षण अस्पताल लगियो

1156
views

काठमाडौँ, १६, फागुन । ताप्लेजुङको तारेभीरमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका सातै जनाको शव काठमाडौ ल्याइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याइएको हो । शव पोस्टमार्टम तथा पहिचानका लागि शिक्षण अस्पतालको महाराजगन्ज लगिएको छ ।

बिहीबार मौसममा सुधार आएसँगै नेपाली सेनाको हेलिकप्टरबाट आज अपराह्न १ बजेर २५ मिनेटमा ती शव त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ल्याइएको थियो ।

तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौं फर्किने क्रममा बुधबार ताप्लेजुङको तारेभीरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।