पोखरामा बस मुनि स्कुटर

777
views

सीताराम थापा
पोखरा । पोखराको मुस्ताङचोक नजिकै विहीबार दिउसो सवारी दुर्घटना भएको छ । मुस्ताङचोकबाट बिरौटातर्फ जाँदै गरेको बा १ प ९७८ नम्बरको पर्यटक बससँग बिपरित दिशाबाट आएको ग १४ प ६३२४ नम्बरको स्कुटर ठक्कर खाँदा दुर्घटना भएको हो ।

स्कुटरको अगाडिको लगभग आधा भाग बसको मुनि छिरेको हो । स्कुटर बिपरित दिशाबाट क्रश हुन् लाग्दा दुर्घटना भएको एक प्रत्यक्षदर्शीले बताए । दुर्घटनामा मानविय क्षति भने भएको छैन ।