नवलपरासीका सबै गाउँपालिकामा कांग्रेस विजयी

603
views

नवलपरासी ३, जेठ । नवलपरासीको नवलपुर क्षेत्रमा भएको निर्वाचनमा सबै गाउँपालिकामा कांग्रेसले कव्जा जमाएको छ । चार नगरपालिका र चार गाउँपालिकाको निर्वाचनमा दुई नगरपालिकाको प्रमुखमा एमाले र दुई नगरपालिकामा भने कांग्रेस अघि छ ।
कांग्रेसले जितेका सबै गाउँपालिकामा हुप्सेकोट, वुलिङटार, बुङदिकाली र वुलिङ्टार छन् । हुप्सेकोटको गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसले एमालेलाई २ सय ५३ मत अन्तरले हराएको छ । विजयी कांग्रेसकी लक्ष्मी पाण्डेको ४ हजार ४ सय ६८ मत छ भने प्रतिद्वन्द्वि मेघबहादुर पुलामीको ४ हजार ४ सय १३ मत छ । विजयी कांग्रेसका उपाध्यक्ष ओमबहादुर घर्तीको ४ हजार ४ सय ६८ मत छ भने प्रतिद्वन्द्वि स्वतन्त्र कोपिला मल्लको ४ हजार ४ सय १३ मत छ ।
त्यसैगरी वुलिङटार गाउँपालिकाकाको अध्यक्षमा कांग्रेसले एमालेलाई २ हजार १ सय ५८ मतले हराएको छ । विजयी शशिकिरण बस्ताकोटीले ४ हजार ७ सय ८ मत पाउनु भएको छ भने प्रतिद्वन्द्वि विद्रोही गिरीको २ हजार ५ सय ५० मत छ । उपाध्यक्षमा विजयी मैना कामीको ४ हजार ६ सय ५० छ भने प्रतिद्वन्द्वि पार्वती थापाको २ हजार ६ सय १४ छ ।
बुङ्दीकालीमा नेपाली कांग्रेसका दुर्गाबहादुर रानाले ३ हजार १ सय ९१ मत ल्याउनु भएको छ । उहाँले आफ्ना प्रतिद्वन्द्वी एमालेका श्यामसुन्दर श्रेष्ठलाई १ सय ५२ मत अन्तरले पराजित गर्नु भएको हो । श्रेष्ठको ३ हजार ३९ छ । उपाध्यक्षमा कांग्रेस कै माया श्रेष्ठ विजयी हुनु भएको छ । उहाँले एमालेकी दिलमाया सारुलार्ई १ सय ६३ मतले पराजित गर्नुभएको छ । विजयी श्रेष्ठको ३ हजार १ सय ७३ मत छ भने प्रतिद्वन्द्वि सारुको ३ हजार १० मत छ ।
त्यसैगरी विनयी(त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेसका डम्बर बहादुर जिसीले ६ हजार ९ सय ९ मत ल्याएर विजयी हुनु भएको छ । जिसीले एमालेका लक्ष्मण बहादुर पाण्डेलाई १ हजार ५ सय ७९ मत अन्तरले पराजित गर्नु भएको हो । पाण्डेको ५ हजार ३ सय ३० मत आएको छ । उपाध्यक्षमा पनि कांग्रेस कै मिनाकुमारी राना विजयी हुनु भएको रानाले एमालेकी तारा कुमारी वि.क.लाई १ हजार ४ सय ९४ मत अन्तरले पराजित गर्नुभएको हो । वि.क.ले ५ हजार ४ सय २ मत ल्याउनु भएको छ ।
९२ वडामा भएको निर्वाचनमा ६२ वडाको नजिता आएको छ जसअनुसार नेपाली कांग्रेसले ४५ वडा अध्यक्ष जितेको छ । एमालेले १५ वडा अध्यक्ष जितेको छ भने एक एक वडामा माओवादी केन्द्र र जनमोर्चाका वडा अध्यक्ष निर्वा्चित भएका छन् । माओवादी केन्द्रले देवचुली नगरपालिकाको १६ र राष्ट्रिय जनमोर्चाले गैंडाकोट नगरपालिकाको १६ नम्बर वडामा अध्यक्ष जितेको छ ।
नगरपालिकातर्फ गैंडाकोट नगरपालिका प्रमुखमा एमालेका छत्रराज पौडेल नेपाली कांग्रेसका गजेन्द्र आलेभन्दा ५० मतले अघि हुनुहुन्छ । पौडेलको ३ हजार ५ सय ६८ र आलेको ३ हजार ५ सय १८ छ । देवचुली नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका पुर्णमान श्रेष्ठ एमालेका हरि न्यौपानेभन्दा ३८ मतले अघि हुनुहुन्छ । श्रेष्ठको ६ हजार ५ सय ३२ मत छ भने न्यौपानेको ६ हजार ४ सय ९४ मत छ । कावासोती नगरपालिका प्रमुखमा एमालेकी चन्द्रापुन नेपाली कांग्रेसका महेन्द्र पोखरेलभन्दा ५ सय ७२ मतले अघि हुनुहुन्छ । पुनको ५ हजार ५ सय ३२ मत छ भने पोखरेलको ४ हजार ९ सय ६० मत छ ।
मध्यविन्दु नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका चन्द्रबहादुर राना, एमालेका भिमलाल अधिकारीभन्दा ६ सय १२ मतले अघि हुनुहुन्छ । रानाको ६ हजार ६ सय ३० छ भने अधिकारीको ६ हजार १८ मत छ । सबै नगरपालिका र गाउँपालिकामा माओवादी केन्द्रको भने झिनो मत आएको छ ।