विद्यार्थीको मृत्युभएपछि आन्दोलनकारीद्वारा प्रहरी कार्यालयमा ढुंगामुढा

1308
views

बैतडी, २६, फागुन । बैतडीको पाटनमा ग्रेडरले किचेर एक विद्यार्थीको मृत्यु भएपछि मृतकका आफन्त र विद्यार्थीहरुको आन्दोलनले उग्ररुप लिएको छ । उनीहरुले दोषीमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्तीको माग गर्दै आन्दोलनलाई तिव्र बनाएका छन् ।

विद्यार्थी र मृतकका आफन्तले इलाका प्रहरी कार्यालयमा ढुंगामुढा समेत प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीका अनुार आक्रोशित भीडले ढुंगामुढा प्रहार गर्न थालेपछि भीडलाई तितरबितर पार्न प्रहरीले हवाइ फायर र अश्रग्यास प्रहार गर्न वाध्य भएको छ ।

प्रहरीले १८ राउण्ड हवाई फायर र १५ सेल अश्रग्यास प्रहार गरेको छ । विद्यार्थीको ढुंगामुढा प्रहारबाट ४ जना प्रहरी घाइते भएका छन् । तर विद्यार्थीहरुले भने प्रहरीले लाठीचार्ज गरेपछि मात्रै ढुंगामुढा गरेको दाबी गरेका छन् ।

प्रहरीको लाठीबाट घाइते भएका सिद्धबहादुर बोगटी, जयन्ती बिष्ट र तेज नेपालीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जनाइएको छ ।

शनिवार बेलुका ५ बजेतिर पाटनस्थित भीमदत्त पोलिटेक्निल इन्स्च्यिुटमा अध्ययनरत पाटन नगरपालिका २ का १९ वर्षीय पूर्णानन्द पाण्डेयलाई ग्रेडरले किच्दा मृत्यु भएको थियो ।