(बीआरआई) सम्मेलनका लागि राष्ट्रपति चीन प्रस्थान

674
views

काठमाडौं, ११, बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी ९ दिने राजकीय भ्रमणका लागि आज बुधबार चीन प्रस्थान गरेकी छिन् । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन भण्डारी चीन प्रस्थान गरेकी हुन् ।

राष्ट्रपतिलाई विदाई गर्न उपराष्ट्रपति नन्दकिशोर पुन ’पासाङ’, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका उच्च अधिकारीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । राष्ट्रपति भण्डारीको टोली विमानस्थलबाट नेपाल वायु सेवा निगमको उडान नम्बर आरए ००१ बाट चीन गएको हो ।

राष्ट्रपति भण्डारीले बीआरआई उद्घाटनसत्रमा विशेष सम्बोधन गर्नेछिन् । बीआरआई अभियानमार्फत पूर्वाधार विकास, रेल र सडक सञ्जाल विस्तार, पर्यटन संस्कृति, जनसम्पर्क, आर्थिक सहकार्यको विकासलगायतमा छलफल हुने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।