बीआरआईको महत्वपूर्ण भूमिका–राष्ट्रपति

1782
views

काठमाडौं, १३ बैशाख । चीनको बेइजिङमा आयोजित बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) को दोस्रो अन्तराष्ट्रिय सम्मेलनमा नेपाली भाषामा सम्बोधन गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो विकासका लक्ष्यहरु कार्यान्वयन गर्न महत्वपूर्ण भुमिका रहेको बताएकी छिन् ।

भण्डारीले शुक्रवार आयोजित सम्मेलनमा विश्वव्यापीरुपमा स्रोतसाधनको ठूलो अभाव रहेको परिप्रेक्षमा दिगो विकासका लक्ष्यहरु कार्यान्वयन गर्न बीआरआईले महत्वपूर्ण भूमिका निर्धारण गर्ने बताएकी हुन् ।

भण्डारीले विकासका चुनौती सामना गर्न छिमेकी देश, मित्र राष्ट्र तथा अन्य राष्ट्रहरुसँग द्विपक्षीय र बहुपक्षिय सहकार्य बढाउन चाहेको बताएकी छन् ।

राष्ट्रपति भण्डारीले व्यापार, लगानी, पर्यटन र जनताको सम्बन्धका लागि राष्ट्रहरुबीच सहकार्य गर्दै अघि बढ्न चाहेको उल्लेख गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले महामहिम सी चिनफिङ्ग र जनगणतन्त्र चीन स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसरमा चीन सरकार र चिनियाँ जनतालाई बधाइ ज्ञापन गरेकी थिईन् ।