प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्न सिफारिस

759
views

बुटवल २२, वैशाख । प्रदेश सभामा प्रदेशको नाम र स्थायी राजधानी सिफारिश गर्न बनेको विशेष समिति मातहतको उपसमितिले प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्न सिफारिस गरेको छ ।

शनिबार बसेकोे बैठकले प्रदेशका १२ वटै जिल्लाबाट संकलन भएका सुझावका आधारमा प्रतिवेदन तयार पार्दै सो प्रतिवेदन आइतबार बिहान बस्ने मुल समितिलाई बुझाएको छ ।

उपसमितिका जेष्ठ सदस्य बाबुराम गौतमले सुझावसहितको प्रतिवेदन मूल समितिका सभापति दीपेन्द्रकुमार पुन मगरलाई हस्तान्तरण गर्नु भएको थियो । उक्त प्रतिवेदनमा प्रदेशको नामका लागि यौटा मात्र नाम लुम्बिनी सिफारिस गरिएको छ ।

विशेष समितिले बनाएका ६ वटा उपसमितिले तयार पारेको सुझावलाई समेटेर बनाएको प्रतिवेदन प्रदेश सभामा पेश हुनेछ । उक्त उपसमिति पाँच सदस्यीय बनेको थियो ।