विकासको कुरा कल्पनाजस्तै लागेको छ–प्रचण्ड

485
views

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताले भरोसाका साथ सरकारलाई हेरिरहेको बताउँदै त्याग र बलिदानका साथ काम नगरे जनताले आफ्नो फैसला आफै गर्ने बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले मंगलबार सरकारको नीति तथा कार्यक्रमको छलफलमा यस्तो बताएका हुन् ।

‘विकासको कुरा गर्दा कल्पना जस्तोमात्र लाग्ने गरेको छ, नेपालमा अन्तराष्ट्रिय हवाइमार्ग र ठूलाठूला परियोजना बन्ने कुरा जनतालाई आश्वासन दिएको जस्तो मात्र लाग्छ’ प्रचण्डले भने,’तर, त्यसो होइन अब सबै नेपाली जनता र सबै राजनीतिक पार्टीले यस्तो खाले सपना देख्न थल्नुपर्ने भएको छ ।

बेरोजगारी र सुकुम्बासी समस्या एकैपटक समाधान गर्नुपर्ने बताउँदै सुकुम्बासी समस्या समाधान गर्न औधोगिकरणमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।

त्यस्तै रेलमार्ग नेपालका लागि अनिवार्य आवश्यकता भइसकेको भन्दै प्रचण्डले रेल जनताको जीवनसँग जोडेर ल्याउनुपर्नेमा प्रचण्डको जोड थियो ।

प्रचण्डले एकताको जिम्मेवारी समेत पुरा भईनसकेको खुलासा गर्दै एकता समझदारी मार्फत संबिधान कार्यान्वयन र समृद्ध नेपाल निर्माणमा अगाडी बढन आवश्यक रहेको धारणा ब्यक्त गरेका छन ।