अपर कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा बम विस्फोट

617
views

अछाम । अछामको तुर्माखाद गाउँपालिका–३ भैरवस्थानमा रहेको अपर कर्णाली जलविद्युत् आयोजनाको सम्पर्क कार्यालयमा शनिबार बिहान ४ बजे प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले बताएको छ ।

स्थानीय दीपक बिसीबाट भाडा लिएर उक्त आयोजनाले कार्यालय सञ्चालन गरिरहेको घरमा बम विस्फोट भएको हो ।

विस्फोटको धक्काले नजिकैको शौचालय भत्किएको छ । एउटा मोटरसाइकलमा समेत आगजनी भएको अछाम प्रहरी प्रमुख डिएसपी जनक शाहीले बताए । घटनाको अनुसन्धान भइरहेको छ । घटनामा संलग्न समूहको खोजीका लागि ठूलो मात्रामा प्रहरी परिचालन गरेको छ ।