हेमजामा ब्याडमिन्टन कोर्ट उद्घाटन

811
views

गोबिन्द तिमिल्सिना
हेमजा, ११ असार । पोखरा महानगरपालिका वडा न. २५ हेमजामा अबस्थीत जैसीचौर खेल मैदानमा निर्माण गरिएको ब्याडमिन्टन कोर्टको एक कार्यक्रमका बिच बुधबार उद्घाटन गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. २५ का वडा अध्यक्ष सोभाखर तिमिल्सिनाले छोटो समयमा काम पुरा गरेकोमा धन्यवाद ज्ञापन गर्दै बिकास छिटो गर्न जनसहभागिता हुनु पर्ने बताए । उने जैसी चौरदेखि सोति पसलसम्मको बाटो स्तरउन्नती गर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा वडा सदस्य जित बहादुर कार्की, दिब्यदृष्टि क्लबका सल्लाकार कृष्ण नेपाली र समाज सेवी धर्मराज बाँस्तोला लगाएतले क्लबले शरणीय काम गरेकोमा धन्यवाद ज्ञापन गर्दै क्लबलाई आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

उक्त अबसरमा काम सफल पार्न दिनरात खटिने नवराज थापा, बुद्धिमान बि.क, डम्बर ब. अधिकारी, धन ब. अधिकारी, मोतिाल बाँस्तोला, रमेस नेपालि, फुल ब. गुरुङ, खिम बहादुर अधिकारी र मनु रसाइलीलाई प्रमाण पत्रले सम्मान गरिएको थियो ।

दिब्यदृष्टि क्लब हेमजाका अध्यक्ष मनोज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत सल्लाकार मिन बहादुर पराजुली थापाले र सञ्चलन सचिब बिकल थापाले गरेका थिए ।