साँघुटार बजारमा आगलागी, ४ घर जले

677
views

रामेछाप । रामेछापको साँघुटार बजारमा आज बिहान भएको आगलागिमा ४ घर जलेर नष्ट भएका छन् । रामेछाप नगरपालिका–३ साँघुटार बजारमा बिहीबार बिहान करिब ८ बजेबाट ३ घण्टासम्म भएको आगलागीबाट चार घर जलेका हुन् ।

लिखु खोला छेउको पक्कि पुल नजिकै रहेको सिंहदेवी निर्माण सेवाको स्टोरबाट निस्किएको आगोले अंकित श्रेष्ठ राजन सुवेदी, अनिष थापा र हरिमायाँ थापाको घर जलेर नष्ट भएको छ । आगो स्थानीयको प्रयासमा बिहान ११ बजे नियन्त्रणमा आएको उनले बताए ।

गोदाममा ग्यास तथा पेट्रोल र डिजेल समेत रहेकोले आगो छोटो समयमा नै फैलिएको थियो । आगो विद्युत लाइन सर्ट भएर भए आशंका स्थानीयले गरेका छन् । घटनास्थलमा प्रहरी चौकी धोवीबाट प्रहरी निरीक्षकको नेतृत्वको टोलि घटनास्थल गएको छ ।