गौहत्या गर्नेमाथि कडा कारवाही होस्–लक्षमण शाही

2301
views

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका कटकुवामा दुई दर्जन मृत र संख्यामा घाइते अवस्थामा भेटिएकोप्रति आपत्ति जनाउँदै नेपाली काँग्रेसका युवा नेता लक्ष्मण शाहीले गाइको ज्यान लिनु जघन्य अपराध भएको भन्दै संलग्नमाथि कडा कार्वाहीको माग गरेका छन् ।

यसैबीच कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले पनि विज्ञप्ति जारी गर्दै गाई हाम्रो राष्ट्रिय जनवार मात्र नभएर धार्मिक दृष्टिकोणले पनि छुट्टै महत्व रहँदै आएको बताएका छन् ।

विज्ञप्तीमा खाँणले नेपालको संविधानले संरक्षित गरेको गाईको हत्या गर्नु जघन्य अपराध हो । यस्ता किसिमका घटना घट्नु अत्यन्त निन्दनीय एवं दुःखदायी विषय हो । गौहत्या कार्य प्रति नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दै घोर भत्र्सना गर्दछ उल्लेख गरेका छन् ।’

घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर कानूनी कारवाही गर्न र यस्ता किसिमका घटनालाई पुनः दोहोरीन नदिन नेपाल सरकार एवं सम्बन्धित निकायसँग नेपाली कांग्रेस संसदीय दलले माग गरेको छ ।