विज्ञान तथा प्रविधिमा प्रतिष्पर्धात्मक प्रतियोगिता हुँदै

653
views

काठमाडौं, ८ मंसिर । सेनाले विज्ञान र प्रविधिको क्षेत्रमा कार्यरत स्वदेशी नव प्रतिभाहरुलाई पहिचान गरी प्रोत्साहन गर्न तथा शैक्षिक संघ संस्था, सरकारी निकाय र निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा सैनिक दोस्रो सैनिक विज्ञान तथा प्रविधि प्रतिस्पर्धाको आयोजना गर्न लागेको हो ।

२०७७ वैशाख १९ र २० गते संचालन हुने प्रतियोगितामा रक्षा टेक्नोलोजी, पर्यावरण र संरक्षण टेक्नोलोजी, आन्तरिक सुरक्षा टेक्नोलोजी, आपदा समर्थन टेक्नोलोजी लगायतका विषयहरुमा प्रतिष्पर्धा गराउने भएको हो ।

प्रतियोगितामा सहभागिहरुलाई चारवटा समूह (कक्षा १२ सम्मका विद्यार्थीहरु, स्नातक स्तरका विद्यार्थीहरु, व्यवसायिक व्यक्ति तथा संस्थाहरु र नेपाली सेना) मा विभाजन गरी प्रतियोगिता आयोजना गरिने जनाएको छ ।

प्रतियोगितामा प्रथम, नगद पुरस्कार रु. तीन लाख द्धितिय हुने विद्यार्थीलाई एक लाख पचास हजार, तृतियलाई पचहत्तर हजार रुपैयाँ पुरष्कारको व्यवस्था गरिएको छ ।

स्नातक स्तरका विद्यार्थीहरु मध्येबाट प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमशः नगद पुरस्कार रु. दुई लाख, रु. एक लाख र पचास हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

यसैगरि कक्षा १२ सम्मका विद्यार्थीहरु मध्येबाट प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमशः नगद पुरस्कार रु. एक लाख पचास हजार, रु. पचहत्तर हजार र पच्चिस हजार रुपैयाँ प्रदान गरिने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतियोगितामा भाग लिने नेपाली सेनाबाट प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमशः नगद पुरस्कार रु. एक लाख, रु. पचहत्तर हजार र पचास हजार रुपैयाँ प्रदान गरिने छ ।