मेरोमाइक्रोफाइनान्स लघुवित्त र इन्फो डेभलोपर्सबीच हस्ताक्षर

456
views

काठमाडौं । आफ्ना ग्राहकहरुलाई नविनतम सेवा तथा सुविधा प्रदान गर्ने उद्धेश्यले मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले इन्फो डेभलोपर्स प्रा.लिसंग ट्याब तथा मोबाइल बैंकिङ, एस.एम.एस सेवासम्झौता गरेको छ । सम्झौता पत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल र इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरेका छन् ।

फाइनान्सको ट्याब तथा मोबाइल बैंकिङ, एस.एम.एस सेवाले आफ्नो ग्राहकहरुलाई छिटोछरितो माध्यमबाट डिजिटल सेवा सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले आफ्ना ग्राहकहरुलाई समय सापेक्ष डिजिटलमाध्यम मार्फत नविनतम सेवा उपलब्ध गराउन उक्त सम्झौताले फाइदा पु¥याउने बताउनुभयो । उक्त एस.एम.एस सेवा लघुवित्तको क्षेत्रमा नौलौ प्रयोगमा रहेको र ग्राहकहरुले आफ्नो घरमा नै बसि मोबाइलमार्फत बचत, कर्जाको स्थिति को जानकारी तथा बिभिन्न सेवा प्राप्त गर्न सकिने समेत बताउनुभयो ।

नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय स्थापना गरि देशका ५६ जिल्लामा ११० शाखा कार्यालयहरु मार्फत १ लाख भन्दा बढी विपन्न परिवारहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै, सो सेवाले फाइनान्सका काम कारवाही ब्यवस्थित र पारदर्शी रहने र संस्थाप्रतिको बिश्वासनियतामा सहयोग पुग्ने संस्थाले जनाएको छ ।