बर्दियामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

514
views

बर्दिया १६, पौष । बर्दिया स् बर्दियामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने बर्दिया निकुञ्जभित्र ट्रक दुर्घटना हुँदा ३ जनाको ज्यान गएको हो । ठाकुरबाबा नगरपालिकाको आम्बासादेखि झण्डै ६ किलोमिटर पश्चिम तर्फ निकुञ्ज भित्र पर्ने राजमार्गमा भएको दुर्घटनामा परिदुई महिला र एक पुरुषको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।

भैरहवाबाट फलामे छड लोड गरि धनगढी तर्फ गईरहेको लु २ ख १०६८ नम्बरको ट्रक बुधवार विहान ४ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएका ट्रकका सहचालक र दुई महिलाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ।

फलामे छड बोकेको ट्रकमा च्यापिएकाको शव जेसिवीको सहायताबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ । ट्रक चालक घोराही उपमहानगरपालिका ११ कपासेका कर्ण बहादुर चौधरी घाइते भएका छन् । घाइतेको कोहोलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

चालक चौधरीकाअनुसार बाँकेको कुसुमबाट आफन्तको मृत्यु भएकाले कर्णाली चिसापानीसम्म लगिदिन आग्रह गरेपछी दुई महिला ट्रकमा सवार भएको बताएको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएकाको परिचय खुलाउन प्रहरीले सोधपुछ गरिरहेको ईलाका प्रहरी कार्यालय भुरीगाउँको प्रहरी निरीक्षक बसन्त पाण्डेले जानकारी दिए ।