कांग्रेस संसदीय दलको बैठक आज दिउँसो १ बजे बस्दै

429
views

काठमाडौं, ३, माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक संसदीय दलको कार्यलय सिंहदरवारमा दिउँसो १ बजे बस्नेसचेतक पुष्पा भुषालले जानकारी दिइन् ।

सभामुख चयनमा देखिएको विवादका कारण रोकिएको संसद लाई यथाशिघ्र सञ्चालन गर्न प्रतिपक्षी दलको भूमिकाका बारेमा छलफल गर्न बैठक बस्न लागेको भुषालको भनाइ छ ।

संसद् चल्न नसक्दा जनप्रतिनिधिले जनताको आवाजलाई संसदमा राख्न नसकेको भन्दै आजको बैठक यसै बिषयमा केन्द्रीत हुने उनले बताइन् ।