सभामुख चयन : ओली, प्रचण्डको आ–आफ्नै अडान

1496
views

काठमाडौँ, ३, माघ । लामो समयेखी अन्योलमा रहेको सभामुख निर्वाचन लगायतका विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकापा) का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।

सभामुख निर्वाचनको विषयमा सकारात्मक कुराकानी भएको र संसद् बैठक बस्नुअघि टुङ्गो लगाउने सहमति भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको छलफलमा वार्ता सकारात्मक भएको र शुक्रबारसम्म सभामुखको विषयमा टुङ्गो लगाउने सहमति भएको थियो ।

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच सभामुख चयनका विषयमा जारी गतिरोधलाई चाँडै निकास दिने सहमति भएको सचिवालयले जनाएको छ ।