नेकपामा गुटबन्दी मौलाएको छ-प्रबक्ता श्रेष्ठ

561
views

महेन्द्र जिसी
पर्वत । नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी गुटबन्दीमा फसेको बताएका छन् । पछिल्लो समयमा नेकपामा गुटबन्दी मौलाएको र शीर्ष नेतृत्वको विरुद्धमा बोले कुन बेला कुन नेताको राजनीति सकिने हो भन्ने खतरा बढेको उनले बताएका हुन ।

पर्वतमा कार्यकर्ता भेटघाट तथा अन्तरक्रियामा श्रेष्ठले यस्तो खुलाशा गरेका हुन । दुई ठूला राजनीतिक शक्ति मिलेर नेकपा बनेको बताउँदै नेता श्रेष्ठले नागरिकको चाहाना अनुसार अगाडी बढ्नुपर्नेमा जोड दिएका छन ।

श्रेष्ठले केन्द्र प्रदेश र स्थानीय तहका जन प्रतिनिधिहरुले जनतालई केन्द्रमा राखेर काम गर्नुपर्ने वेला आएको बताउँदै नेकपालाई यो मौका सँधै प्राप्त नहुने स्पष्ट पारे । बाईट नारायण काजी श्रेष्ठ प्रबक्ता नेकपा हामी ठूलो शक्ति भयौ भनेर बस्ने बेला होइन काम गरेर देखाउनुपर्छ उनले भने । नेता श्रेष्ठले सोमबार बोलाइएको संसद बैठकबाट नै सभामुखको चयन प्रकृया अगाडी बढ्ने बताउँदै सभामुखको चयनका कारण संसद बन्धक बन्नु पार्टी भित्रै लजास्पद भएको श्रेष्ठले बताएका हुन ।

आँफुलाई विस्वास रहको बताउँदै आउँदो माघ ६ गतेको संसद बैठक स्थगित नहुने जनाए , यसै बैठकबाट सभामुखको चयनको विषय अगाडी बढ्छ उनले भने । नेता श्रेष्ठले एमसीसीबारे पार्टी नेतृत्वले गहन छलफल गरेर निर्णय लिने पनि बताँउदै सरकारले पार्टी चलाउन खाजेको भन्दै सरकारले पार्टी चलाउन खोजे सरकार कमजोर हुने सरकारले पार्टीमा हस्तक्षेप गर्न नहुने बताए ।