उवासंघ जलजला उपशाखाको नवौ बार्षिक साधारणसभा

467
views

महेन्द्र जिसी
पर्वत, ५, माघ । पर्वत उद्योग बाणिज्य संघ जलजला उपशाखाको नवौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । कश्मा पछिको दोस्रो बजार रहेको वारी वेनी जलजला उपशाखाले वार्षिक साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाका प्रमुख अतीथी जलजला गाउँ पालिका अध्यक्ष याम बहादुर मल्लले जनताको आर्थिक समृद्धिलाई माथि उठाउन र लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न स्थानीय सरकारलाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने वताएका छन ।

साधारण सभालाई सम्बोधन गर्दै मल्लले भाषण गरेर मात्रै मुलुक र जनताले आर्थिक समृद्धि हासिल नहुने भन्दै समृद्ध समाज निर्माणका लागि स्थानीय सरकारलाई शक्तिशाली बनाउनुपर्ने धारणा राखेका हुन । स्थानीय सरकारका अधिकारमाथि केन्द्र र प्रदेश सरकारले हस्तक्षेप गर्दा जनतालाई गाउँ गाउँको सिँहदबारको अनुभुती गराउन नसकीएको मल्लले बताएका हुन ।

अध्यक्ष मल्लले जलजलाको बाटो, बिजुली, खानेपानी, सिंचाई, कृषि, शिक्षा र स्वास्थ्य सँगसँगै यहाँको व्यवसायिक र पर्यटन विकासका लागि समेत गाउँपालिकाले दीर्घकालीन गुरुयोजनाका साथ कार्यक्रम अघि बढाएको जानकारी दिँदै गाउँपालिकाले अघि सारेको विकास अभियानमा कुनै आग्रह पूर्वाग्रह नराख्न उद्योगी व्यापारीहरुलाई आग्रह गरेका हुन ।

जनतालाई करको भारबाट राहत दिन स्थानीय श्रोतसाधनको उपयोग गर्ने अधिकार स्थानीय सरकारलाई नै हुनुपर्ने धारणा मल्लको रहेको हो । कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले सरकारको तिनखम्वे अर्थनीतिलाई आधार मानेर काम गर्दै आएकोले स्थानीय सरकारले लिने व्यवसायिक करमा एकरुपता हुनुपर्ने माग राखेका हुन । कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, जलजला उपशाखाका निवर्तमान अध्यक्ष एवं जलजला गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष भीष्म मल्ल, जलजला उपशाखाका संस्थापक अध्यक्ष नरबहादुर कार्की, पर्वत उद्योग बाणिज्य संघका सदस्य लेखनाथ शर्मा, पर्वत वेनी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष लोकनाथ रेग्मी, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

जलजला उपशाखाका अध्यक्ष डिलबहादुर वरूवालको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन शाखाका महासचिव शेषराज रेग्मीले गरेका हुन । २०६८ सालमा स्थापना भएको उक्त शाखाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष कृष्णराज सुवेदीले प्रस्तुत गरेका थिए ।