ओली–प्रचण्डबीच वार्ता, सचिवालय बैठक बोलाइयो

703
views

काठमाडौं, ५, माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

भेटमा दुई नेताबीच सभामुखको उम्मेदवार चयनको बिषयमा छलफल भएको बताइएको छ । अध्यक्षद्वयको भेटपछि आजै अपराह्न ४ बजे नेकपा सचिवालयको बैठक बोलाइएको छ ।

दुई नेताबीच सभामुखको उम्मेदवारबारे छलफल भएपनि के सहमति भयो त्यसको बारेमा आधिकारिक जानकारी खुलाइएको छैन ।