कोरोना भाइरसबाट हालसम्म ४ सय ९० को मृत्यु

667
views

 एजेन्सी, २२, माघ । चीनमा कोरोना भाइरसका कारणबाट मृत्यु हुनेको संख्या हालसम्म ४ सय ९० पुगेको छ । चीनको स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार थप ६५ जनाको ज्यान गएको जनाएको छ । मन्त्रालयका अनुसार एक दिनमा थप ३ हजार ९ सय ७१ जनामा थप भाइरसको संक्रमण भेटिएको जनाएको छ । थप मृत्यु हुने ६५ जना नै वुहान प्रान्तका रहेका छन् ।

आज सार्वजनिक भएको तथ्यांकमा ४ सय ३१ जना गम्भीर बिरामी रहेका छन् । अस्पातलबाट २ सय ६२ जना उपचारपछि घर फर्किसकेका छन्। समग्रमा अहिलेसम्म २४ हजार ३ सय २४ जना बिरामी रहेका छन् । ति मध्ये २३ हजार २ सय ६० जनामा भाइरस पुष्टि भएको छ ।

अहिले सम्म चीनमा २ लाख ५२ हजर १ सय २४ जनामा भाइरसको संक्रमणको शंका रहेको भन्दै १ लाख ८५ हजार ५ सय ५५ जना प्रत्यक्ष निगरानीमा रहेका छन् । पहिलो पटक चीन बाहिर फिलिपिन्समा १ जना र हङकङमा १ जनाको ज्यान गएको छ । नेपालसहित छिमेकी भारत र अन्य २० देशमा यो भाइरसको संक्रमण भेटिएको छ ।