नवनिर्वाचित प्रधानमन्त्री देउवाले पद तथा गोपिनियताको सपथ लिँदै

590
views

काठमाण्डौ २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउसो पद तथा गोपिनियताको सपथ लिने तयारी गर्नुभएको छ । देउवाले आज दिउसो पौने २ बजे शितल निवासमा राष्ट्रपति विद्या देवी भण्डारी समक्ष पद तथा गोपिनियताको सपथ लिने कार्यक्रम रहेको छ ।
देउवाले आज नै साने मन्त्रीपरिषद गठन गर्ने कार्यक्रम रहेको छ । देउवा सँगै कांग्रेसबाट गोपालमान श्रेष्ठ तथा ज्ञानेन्द्रबहादुर कार्की, माओवादी बाट दुई जना मन्त्रीको टुङगो लागिनसकेको तथा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले सपथ लिने कार्यक्रम रहेको छ ।