बैद्य माओवादी र विप्लव नेकपाको आयोजनामा जनयुद्व दिवस

1393
views

स्याङजा, २, फाल्गुन । नेकपा (क्रान्तिकारी माओवादी) र बिप्लब नेकपाको संयुक्त आयोजनमा स्याङजामा अन्र्तक्रिया कार्यक्रम गरी २५ औं जनयुद्व दिवस मनाइएको छ ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सल्लाहकार इन्द्रधोज गुरुङले देशमा उत्पीडित, अधिकारविहिन जनसमुदायको न्यायको निम्ति र आमुलपरिवर्तनका लागि जनयुद्धको उद्घोषको दिन भएको बताए । गुरुङले तातकालिन जनयुद्वको नेतृत्वले सहिद अपाङ्ग, घाइते, बेपत्ता योद्धा र परिवारजन र आम जनसमुदायको सपनामाथि कुठाराघात गर्दै क्रान्तिलाई विर्सजनवादको भाषमा लगेको भन्दै आक्रोष व्यक्त गरे ।

नेता गुरुङले जनताको अधिकारका लागि सङ्र्घष गरेको पार्टीलाई प्रतिवन्ध लगाउने, विदेशीको हितकानिम्ती राष्ट्र हित बिपरित गलत सझौता गर्ने र नेपाली भु–भागबाट हटाएको नक्सा प्रयोग गर्ने नक्कली कम्युनिष्टको लज्जा र आत्मसर्पणको पराकाष्ठा भएको बताए । गुरुङ्ले अब देशभक्तहरु र क्रान्तिकारी शक्तिहरु छरिएर नभई एकताबद्द भई संघर्षमा जानुको विकल्प नभएको बताउँदै जनयुद्व र जनआन्दोलनका महान सहिदहरुप्रति श्रद्धाञ्जली सहित घाईते वेपत्ताका परिवारजनप्रति सहानुभूति प्रकट गरे ।

कार्यक्रममा बिप्लाब नेकपा का जिल्ला इन्चार्ज ‘आक्रोश’ ले देश र जनताका दैनिकीका समस्याहरु हल गर्न क्रान्ति गर्दै जाने र क्रानितबाट नै समस्याको हल गर्न सकिने बताए । उनले प्रतिक्रियावादी यथास्थितीवादी सरकारका विरुद्ध लचिलो नभई कसिलो झापड नदिएसम्म दुईतिहाईको रास्ट्रघात र जनघात हटाउन नसकिने बताए ।

कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रिय सदस्य खुमती गुरुङले क्रान्तिकारी शक्ति र राष्ट्रवादी शक्ति एक भई संघर्ष गर्नुको विकल्प नरेको बताईन् ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) स्याङ्जा सेक्रेटरी तिलक अधिकारीले आमूल परिवर्तनको लक्ष्य र उद्देश्य बोकी पार्टीको सात प्रतिबद्धता र तत्कालीन सरकारलाई ४१ बुदे माग राखी बुझाएको ज्ञापनपत्रको स्मरण गर्नुपर्ने समय आएको बताए ।

उनले अधिकार बिहिन जनताको मुक्तिका लागि निरन्तर संघर्षशिल बन्दै महान सहिदहरुको उच्च सम्मानका साथै सहिदहरुले छाडेको सपना पुरा गर्दै, अपांग, घाइते, बेपत्ता योद्धाहरुप्रति सम्मान व्यक्त गरे । साथै उनले प्रतिक्रियावादी, अवसरवादी घेरातोड्दै नयाँ जनवादी क्रान्ति पूरा गर्न सम्पूर्ण क्रान्तिकारी शक्तिहरु एक हुनुपर्ने बताए ।

अधिकारीले समाजवाद हुँदै साम्यवादी समाजको उद्देश्य पूरा गर्न बिदेशी दलालिकरण, आत्मसमर्पणवादी, प्रतिक्रियावादी, दक्षिणपन्थी अबसरवाद र नवसम्सोधनवादका विरुद्ध दृढतापुर्बक लड्दै क्रान्तिकारी आन्दोलनलाई उत्कर्षमा पुर्याउनुपर्ने बताए ।